‘मन मात्रै कहाँ जित्यौँ र !’

‘मन मात्रै कहाँ जित्यौँ र !’

फिल्डिङ र ब्याटिङमा कमजोरी भएको कप्तान पौडेलको स्वीकारोक्ती


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपालले अन्तर्राष्ट्रिय खेलहरूमा मन मात्रै नजितेको टिप्पणी गरेका छन्।

बिहीबार आईसीसी टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै हायात प्यालेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

कप्तान पौडेलले एक सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ फर्काउँदै भने, ‘मन मात्रै कहाँ जित्यौँ र!’ उनले मनमात्रै नभएर अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै खेल जितेको बताए। पछिल्लो २ वर्षयता नेपाली टोलीले क्रिकेट जगतमा धेरै उपलब्धी गरेको उनले दाबी गरे।

जारी विश्वकपमा नेपालको प्रस्तुतीबारे कप्तान पौडेलले फिल्डिङ र ब्याटिङमा कमजोरी भएको र आगामी दिनमा सुधार्ने दाबी गरे। उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो। हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन्। हामीलाई नाइट गेमको बानी पनि थिएन। टी–२० खेलहरु राति मात्र हु्न्छन्। हामीले त्यसरी खेलेका थिएनौँ। नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ।’

Skip This
Skip This
Logo