इक्वेडरलाई पेनाल्टीमा हराउँदै मेसीको अर्जेन्टिना पुग्यो कोपा अमेरिकाको सेमिफाइनल

इक्वेडरलाई पेनाल्टीमा हराउँदै मेसीको अर्जेन्टिना पुग्यो कोपा अमेरिकाको सेमिफाइनल

केन्द्रबिन्दु
36
Shares

इक्वेडरलाई पेनाल्टीमा ४–२ गोलअन्तरले हराउँदै मेसीको अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल पुगेको छ ।

३५औं मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमा अघि बढे्को अर्जेन्टिना ९० मिनेटपछि थप गरिएको ५ मिनेट सम्हालिन नसक्दा ९१औं मिनेटमा इक्वेडरका केभिन रोड्रिगोएजले उत्कृष्ट हेड गरेर खेल बराबरीमा टुङ्गिएको थियो ।

बेल बराबारमा टुङ्गिएपछि सिधैं पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ अर्जेन्टिनाका लागि गोल किपर इमिलियानो मार्टिनेजले इक्वेडरका दुई पेनाल्टी रोकेपछि खेल ४–२ ले जितेको हो । अर्जेन्टिनाका कप्तान मेसीले प्रहार गरेको पेनाल्टी बारमा ठोकिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिश्चित भएको हो ।

Logo