मन्त्रिपरिषद्को पहिलाे निर्णयः ३०० दिनभित्र टीयु क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने

मन्त्रिपरिषद्को पहिलाे निर्णयः ३०० दिनभित्र टीयु क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने

केन्द्रबिन्दु
30
Shares

सरकारले कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठक ३०० दिनभित्र टीयु क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको हो । यसका लागि मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ ।

‘पहिलो निर्णय – क्रिकेट रंगशाला !! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

Skip This
Skip This
Logo