यू-१९ विश्वकप छनाेटः नेपाल vs ओमान

यू-१९ विश्वकप छनाेटः नेपाल vs ओमान

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा अहिले नेपाल र ओमान खेलिरहेको छ ।

मलेसियाको सिंलगार टर्फ क्लवमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पर्दासम्म चौथो विकेट गुमाउंदै ७५ रन बनाएको छ।  १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए ।

आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए । त्यसपछि नेपालका स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दिप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुमायो ।

हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै  अंक तालिकाको दोस्रो स्थानमा छ।

Skip This
Skip This
Logo