युएईविरुद्ध सम्झना खड्काको सानदार अर्धशतक

युएईविरुद्ध सम्झना खड्काको सानदार अर्धशतक

केन्द्रबिन्दु
30
Shares

नेपालकी ओपनर सम्झना खड्काले नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध सानदार अर्धशतक प्रहार गरेकी छन् । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा युएईले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा उनले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । सो क्रममा उनले ८ चौका प्रहार गरेकी छन् ।

१३ ओभरको खेल सकिँदा हाल नेपाल ३ विकेटको क्षतिमा रन जोडेर खेलिरहेको छ । ओपनर सम्झनालाई रुवी क्षेत्रीले साथ दिएकी छन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोडेको थियाे । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन जोडिन् । उनले ३९ बल खेल्दा २ चौका प्रहार गरिन् । यस्तै, कविशा इगोडागेले २२ रन, समाइरा धरनिधर्क १३ रन तथा कप्तान इशा ओझा १० रनमा समेटिइन् ।

अन्यले दोहोरो रन छुन सकेनन् ।

यता बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीको हातमा एकएक विकेट रह्यो ।

Logo