सन्दीपको टिमलाई तेस्रो सफलता, कोहलीको टिमको अर्को हार

सन्दीपको टिमलाई तेस्रो सफलता, कोहलीको टिमको अर्को हार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिगमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको टिमले अर्को हार व्यहोरेको छ । आईपीएल अन्र्तगत आफ्नो छैठौं खेलमा पनि पराजित भएको हो ।

आज भएको खेलमा दिल्ली क्यापिटल ४ विकटले विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको रोयल च्लायेन्जर्स बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । १५० रनको लक्ष्य पाएको दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

दिल्लीका लागि कप्तान श्रेयर अयरले सर्वाधिक ६७ रन बनाए । उनले ५० बलमा दुई छक्का र ८ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । पृथ्वी शाहले २८ र कोलिन इंग्रामले २२ रन बनाए। अयर र शाहले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

अयरले तेस्रो विकेटका लागि इंग्रामसँग ३९ र चौथो विकेटका लागी रिसभ पन्तसँग ३७ रनको साझेदारी गरे। बैंगलोरले प्रतियोगितामा लगातार छैटौं हार ब्यहोरेको हो। दिल्लीले ६ खेल खेल्नेक्रममा तेस्रो जित निकालेको हो।

बैंगलोरका कप्तान कोहलीले ४१, मोइन अलीले ३२ र अक्षदिप नाथले १९ र एबी डे भिलियर्सले १७ रन बनाए। दिल्लीका कागिसो राबडा एक्लैले चार विकेट लिए । क्रिस मोरिसले दुई तथा सन्दीप लामिछाने र अक्सर पटेलले एक/एक विकेट लिए।

राबडाले चार ओभरमा २१ रन खर्चिए। सन्दीपले चार ओभरमा ४६ रन दिए। पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ र तेस्रो ओभरमा ११ रन खर्चिएका थिए। चौथो ओभरमा भने उनले १९ रन दिए। यो सिजन आईपिएलमा सन्दीप लामिछानेले लगातार चौथो खेलमा विकेट लिएका छन्। जारी प्रतियोगितामा सन्दीपले पाँच विकेट लिएका छन्।

Skip This
Skip This
Logo