ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा नेपाल फेरि पनि भारतसँग पराजित भएको छ ।
म्यानमारमा भएको खेलमा भारतसँग नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा नेपालले भारतलाई १-१को बराबरीमा रोके पनि दोस्रो हाफमा दुई गोल खान पुग्यो।
छैटौं मिनेटमा असलत देशीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगिन् । भारतले लिएको सो अग्रता एक मिनेट पनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्याइन् ।
५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो । डीबक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्याइन् ।
पराजित भएसँगै नेपालले अन्तिम खेलमा आगामी मंगलबार इण्डोेनेशियासँग सान्त्वना जितका लागि खेल्ने छ ।





























प्रतिक्रिया