पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग हार व्यहोरेको नेपालले शनिबार फेरि भारतको सामना गर्दैछ।
सन् २०२० मा जापानको टोकियामा आयोजना हुने ओलम्पिक प्रतियोगिताको महिला फुटबल दोश्रो चरणको छनोट खेलअन्तर्गत शनिबार नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो ।
खेल म्यान्मारको मन्डलार थिरी रंगशालामा नेपाली समयानुसार दिउँसो २ः१५ बजे हुने छ। खेलमा नेपालले बदला लिने लक्ष्यका साथ् मैदान उत्रिँदैछ।पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ३–१ ले पराजित बनेको नेपाललाई तेस्रो चरण प्रवेशको सम्भावना कायम राख्न भारतविरुद्ध जित अनिवार्य रहेको छ।
भारतले आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई २–० ले हराउँदै गोल अन्तरको आधारमा समूहको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। प्रशिक्षक हरि खड्काले म्यानमारविरुद्धको लयलाई कायम राख्दै भारतविरुद्ध जितको रणनीतिमा रहेको बताए।































प्रतिक्रिया