खेलाडी प्राथमिकतामा हुनुपर्छः मन्त्री चौधरी

खेलाडी प्राथमिकतामा हुनुपर्छः मन्त्री चौधरी

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन् । उपाध्यक्षको चार वर्षे पदावधि सकिएर बिदा भएका शिव कोइरालालाई सम्मान गर्दै उनले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे । बिदाइ कार्यक्रममा शिव कोइरालाले परिषद्मा चार वर्ष उपाध्यक्षका रूपमा काम गदौ धेरै कुराहरू सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै विषय रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरू, विभागीय प्रमुख तथा कर्मचारीहरूको सहभागितामा कोइरालालाई सम्मान पत्र सहित बिदाइ गरिएको थियो । कोइराला २०७७ साल साउन १२ गते चार वर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए ।

Logo