काठमाडौं । पहिलो पटक नेपाली महिला क्रिकेट खेलाडीहरु पनि किनेबेच भएका छन् । पहिलोपटक आयोजना हुन लागेको एनसिएल वुमन्स टीट्वेन्टी क्रिकेट लिगमा खेलाडीको ‘अक्सन’ भएको हो । महिला क्रिकेटमा पनि ‘अक्सन’ मार्फत टिम तयार भएको हो। प्रतियोगितामा विभिन्न चार टोली प्रतिस्पर्धा गर्दैछन्।
रुबिना क्षेत्री कप्तानीको भैरहवा क्विज, करुणा भन्डारी नेतृत्वको विराटनगर रोवरिङ लायनेस, सिता राना मगर कप्तानी रहेको धनगढी वन्डर वुमन र नेरी थापा कप्तानी रहेको काठमाडौं सुपर रहेका छन् ।
सहभागी टोलीका मालिक अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्। उक्त च्याम्पियन्समा कुल ५६ खेलाडी सहभागी हुनेछन्।
हरेक टोलीका कप्तानको मुल्य खुलाईएको छैन। अन्य खेलाडी भने ‘अक्सन’ मार्फत लिईएको हो। खेलाडीलाई ए, बी र सी गरि तीनवटा श्रेणीमा विभाजन गरिएको थियो।
१० खेलाडीले जनहीँ सर्वाधिक ७५ हजार रुपैयाँ पाउनेछन्। भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र विन्दु रावललाई जनहीँ ७५ हजार रुपैयाँमा लिएको हो। विराटनगरका काजोल श्रेष्ठ र अप्सरी बेगम तथा धनगढीका कविता कुँवर र ज्योती पान्डेले पनि उक्त मुल्य पाएका छन्।
काठमाडौंले ममता चौधरी, सरिता मगर र रोमा थापालाई जनहीँ ७५ हजार रुपैयाँमा खरिद गरेको छ। प्रतियोगितामा १० खेलाडी सबैभन्दा कम मुल्य अर्थात जनहीँ १५ हजार रुपैयाँमा आबद्ध भएका छन्।
































प्रतिक्रिया