काठमाडौँ
आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो ।
यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । पछिल्लो समय राखेप सदस्यसचिव केशव कुमार विष्टले सो प्रतियोगिताको उद्घाटन चैत २७ गते हुने बताउँदै आउनु भएको थियो ।
नेपालगञ्ज रङ्गशालाको भिआइपी प्याराफिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्याराफिटको काम तीव्र गतिमा अघि बढेका कारण नयाँ मिति तय गरिएको हो ।
रासस





























प्रतिक्रिया