घरेलु टोली नेपालले साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध पहिलो हाफमै २-१ गोलले अग्रता कायम गरेको छ ।
प्रतियोगिताअन्तर्गत बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा समूह ‘ए’को खेलको पहिलो हाफ जारी रहँदा नेपालका समीर तामाङ र निराजन धामीले गोल गरेका हुन् । खेलको १७औँ मिनेटको तेस्रो सेकेन्डमा समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए भने त्यसकाे १०९ सेकेन्डपछि नेपालका निराजन धामीले घरेलु टिमको अग्रता दोब्बर बनाए ।
४३ औं मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायो । नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो। त्यसमा इस्लामले गोल गर्दै अन्तर कम पारेका हुन्।
प्रतिक्रिया