काठमाडौँ । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।
योसँगै मधेश युनाइटेडले ईडब्लूभीएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो । आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौँको दशरथ रंगशालमा हुने ईडब्लूभीएलका लागि मधेश युनाइटेड व्यग्र प्रतीक्षामा छ । विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेश टिमले केही समयअघि काठमाडौँमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् ।
जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छिन् । जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।































प्रतिक्रिया