काठमाडौँ
एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने भएको छ ।
आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले पाँच लाख पाउने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।
महिला टी–२० क्रिकेट लिगका टोली घोषणा
नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ ।
भैरहवाको मार्की खेलाडी कविता कुवँर, विराटनगरका करुणा भण्डारी, धनगढीका सीता राना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । प्रतियोगिता चैत ९ गतेदेखि विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ ।
रासस





























प्रतिक्रिया