पारालिम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

पारालिम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।

खुलमटारमा आज एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन् । उनले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गरेका हुन् ।

सो क्रममा अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए । सो अवसरमा विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदकका लागि तयारी गर्ने बताइन् । कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा, महासचिव दीपराज गुरुङलगायत पदाधिकारी, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र पलेशाका बुबा प्रदीपले आफ्ना अनुभव सुनाएका थिए ।

Logo