यी १२ खेलाडी एनपीएल अक्सनमा सर्वाधिक मूल्यमा बिके [भिडियाेसहित]

यी १२ खेलाडी एनपीएल अक्सनमा सर्वाधिक मूल्यमा बिके [भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

नेपाल प्रिमियर लिग (एनपीएल)का विभिन्न टोलीमा खेलाडी आबद्ध गर्नका लागि आइतबार काठमाडौंमा सम्पन्न भएको अक्सनमा १२ खेलाडी उच्च मूल्यमा बिक्री भएका छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि आठ टोलीले १०, १० जना खेलाडी आफ्नो टोलीमा भित्र्याएका हुन्, जसमा १२ खेलाडी १५/१५ लाख रूपैयाँमा बिक्री भएका छन्। ती सबै खेलाडीलाई गोलाप्रथाबाट टोलीहरूले भित्र्याएका हुन्।

जसमा लुम्बिनी लायन्सले सर्वाधिक तीन खेलाडी १५/१५ लाखमा भित्र्याउँदा चितवन राइनोजले कुनै पनि खेलाडीलाई १५ लाख तिरेन। जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए। उनलाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले १५ लाखमा पाएको थियो । पछिल्लो समय राम्रो लय, विकेटकिपर, ओपनर तथा शीर्षक्रमका ब्याटर र आवश्यक परेमा स्पिन बलिङ गर्ने हुँदा अनिल सबै टोलीको फ्रेन्चाइजले बोली लगाएका हुन् ।

त्यस्तै, विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५ लाख खर्च गरेको छ भने जनकपुर बोल्ट्सले ललित राजवंशीका लागि १५ लाख खर्च गरेको छ। त्यसैगरी कर्णाली याक्सले गुलशन झा, काठमाडौं गुर्खाजले शहाब आलम र भीम सार्की र लुम्बिनी लायन्सले सुर्य तामाङ, विवेक यादव र सन्दीप जोराका लागि १५/१५ लाख खर्च गरेको छ। त्यसै गरी पोखरा एभेन्जर्सले सागर ढकालका लागि सुदूरपश्चिम रोयल्सले आरिफ सेखका लागि उच्च मूल्य १५ लाख खर्च गरेका छन् ।

अक्सनमा घरेलु खेलाडीलाई तीन क्याटोगोरीमा विभाजन गरिएको थियो। ए क्याटोगोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो। जसमा ए क्याटागोरीमा रहेका खेलाडी १५ लाख रूपैयाँसम्म बिक्री भए।

अक्सनमा लुम्बिनी लायन्सले सर्वाधिक खर्च गरेको छ। १० खेलाडी भित्र्याउन ९० लाख रुपैयाँको वालेट तोकिएकोमा लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको हो । उसले ए क्याटाेगोरीका तीन खेलाडी १५/१५ लाख रुपैयाँमा भित्र्याउँदा ४५ लाख खर्च गरेको थियो। दोस्रो महँगो टोली बनेको पोखरा एभेन्जर्सले १० खेलाडीका लागि ८० लाख ५० हजार रुपैयाँ खर्च गर्यो। ७९ लाख २५ हजार खर्च गर्दै जनकपुर बोल्ट्स तेस्रो महँगो टोली बन्न पुग्यो। १० खेलाडीका लागि कम खर्च गर्ने टोली भने चितवन राइनोज बन्यो। उसले कुनै पनि खेलाडीका लागि १५ लाख खर्चिएन ।

विराटनगर किंग्सले अक्सनबाट १० मध्ये कुनै खेलाडी आफ्नो क्षेत्रको अनुबन्ध गरेन । अक्सनमा कुल १ सय ६२ खेलाडीको नाम रहेको थियो, जसमा ८० खेलाडी बिके । अक्सनमार्फत टोलीहरूले ए क्याटागोरीका ३ खेलाडी, बी क्याटागोरीका ४ खेलाडी र सी क्याटागोरीका ३ खेलाडी आबद्ध गरेका हुन् । यससँगै अब प्रत्येक टोलीले ११/११ खेलाडी भएका छन्। सबै टोलीमा यसअघि एक एक खेलाडी मार्कीको रुपमा भित्रिएका थिए । अब चार चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६/१६ खेलाडी हुनेछन् र टोलीले पूर्णता पाउनेछ ।

Skip This
Skip This
Logo