डीपीएलको फाइनल हेर्न दर्शकको ओइरो, महेन्द्रनगरले ब्याटिङ गर्दै

डीपीएलको फाइनल हेर्न दर्शकको ओइरो, महेन्द्रनगरले ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनल खेल हेर्न दर्शकको ओइरो लागेको छ । आज शनिबार भएकाले पनि बिद्यालय, अफिस, कार्यालय विदा भएकाले पनि फाप्ला मैदानमा डीपीएल सिजन तीनको फाइनल हेर्न दर्शकको उपस्थिती उल्लेख्य भएको हो ।

लिग चरणमा प्रतिकुल मौसम र अरु कारणले पनि दर्शकहरु मैदानमा त्यति पुगेका थिएनन् । आज भने मौसमले पनि साथ दिएको र स्थानी टिम अत्तरीया र महेन्द्रनगर फाइनलमा खेल्न लागेकाले पनि दर्शक मैदानमा धेरै आएको अनुमान गर्न सकिन्छ ।

मैदानमा करीव ५ हजारको हारारीमा दर्शक पुगेका छन । लिग चरणका खेलहरुमा सोचेको जस्तो दर्शकको उपस्थिती भएका थिएनन । आयोजकले करीव ६ देखि सात हजार क्षमताको अस्थाई प्याराफिट तयार पारिएको थियो ।

फाइनलमा महेन्द्रनगरले टस जितेर ब्याटिङ गरिरहेको  छ। फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर यूनाइटेड र सिवाइसी अत्तरिया देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधिका लागि भिडिरहेका छन्।

महेन्द्रनगर शरद भेषावकरको नेतृत्वमा छ भने अत्तरिया दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ। प्रतियोगिताको च्याम्पियन टोलीले ३० लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले १२ लाख पाउनेछ।

सिवाइसी अत्तरिया

दीपेन्द्रसिंह ऐरी(कप्तान), सन्नी पटेल, कमलसिंह ऐरी, सन्दीप जोरा, भुवन कार्की, जयकिशन कोल्सावाला, सुबेन्दु पाण्डे, दीपेन्द्र रावत, रित गौतम, जितेन्द्रसिंह ठकुरी, ज्ञानेन्द्र कुँवर ।

महेन्द्रनगर यूनाइटेड

शरद भेषावकर(कप्तान), सुब्रमन्यम आनन्द, आरिफ शेख, अभिनाश बोहरा, सागर ढकाल, कुशल मल्ल, मोहम्मद नाभिद, दीलिप नाथ, रोहितकुमार पौडेल, अमरसिंह रौटेला, साहब आलाम 

Logo