नेपालबिरुद्ध ब्याटिङ् गर्दै थाइल्याण्ड

नेपालबिरुद्ध ब्याटिङ् गर्दै थाइल्याण्ड

केन्द्रबिन्दु
0
Shares

आइसीसी महिला टि–२० र एकदिवसिय विश्वकपको एशिया क्षेत्रीय छनोटमा थाइल्याण्डले नेपालबिरुद्ध ब्याटिङ् गरिरहेको छ।

बैंककमा जारी खेलमा घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो  । आजको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । प्रतियोगिताको दुबै टिम उपाधिका दावेदार हुन ।

एसोसियट टोलीमध्ये सबैभन्दा राम्रो देखिएको थाइल्याण्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यही प्रतियोगिताको तयारीका लागि गत महिना आयोजना भएको थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो ।

Skip This
Skip This
Logo