काठमाडौं। श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ । आइतबार हङकङमा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंका च्याम्पियन बनेको हो ।
७३ रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै गरेको थियो । श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि श्रीलंकाले २००७ मा यो उपाधि जितेको थियो । श्रीलंकाको जितमा ओपनर विराक्कदोरीले ३४ रन बनाए। अर्का ओपनर धनन्जय लक्सन दुई, कप्तान लाहिरु मधुसनकाले १९ रनको योग्दान दिए।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५.२ ओभरमा आलआउट हुँदै ७२ रन बनाउन सक्यो। मुहम्मद अखलाकले सर्वाधिक ४८ रन जोडे ।
पहिलो पटक यस प्रतियोगितामा भाग लिएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग नै पराजित भएको थियो ।































प्रतिक्रिया