काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली ओमानले नेदरल्यान्ड्समाथि प्रभावशाली जित दर्ता गरेको छ ।
मंगलबार अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा ओमानले नेदरल्यान्ड्समाथि आठ विकेटको जित दर्ता गरेको हो । नेदरल्यान्ड्सले दिएको १३२ रनको सामान्य लक्ष्य ओमानले ३४.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्न सफल भयो ।
ओमानको जितमा कप्तानसमेत रहेका ओपनर जतिन्दर सिंहले ५८ रनको अर्धशकीय पारी खेले। यस्तै, अर्का ओपनर आशिष ओडेडाराले २७ रन जोड्दा वसीम अली २४ रन र हमाद मिर्जा ७ रनमा अविजित रहे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४०.२ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटिएको थियो । नेदरल्यान्डका लागि बा डे लीडेले अर्धशतकीय पारि खेले उनले ८९ बलमा ५१ रन बनाएर आउट भए। नूह क्रोसले २९ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा ओमानका सकिल अहमदले ४ विकेट तथा आमिर कलिम र समय श्रीवास्तवले २/२ विकेट लिए ।
पहिलो खेलमा ओमानले यूएईलाई हराएको थियो । निरन्तर खराव प्रदर्शन गरेपछि प्रमुख खेलाडीहरुलाई टीम बाहिर राखेर मैदानमा उत्रिएको ओमानले एकपछि अर्को उतकृष्ट प्रदर्शन गरिरहेको हो ।





























प्रतिक्रिया