एसीसी यु–१९ पुरुष एसिया कप खेल्ने नेपाली टोली घोषणा, हेमन्त कप्तान

एसीसी यु–१९ पुरुष एसिया कप खेल्ने नेपाली टोली घोषणा, हेमन्त कप्तान

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । हेमन्त धामीको कप्तानीमा नेपालले एसीसी यु–१९ पुरुष एसिया कप खेल्ने भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यु–१९ पुरुष एसिया कपमा सहभागिता जनाउन धामीको कप्तानीमा १८ सदस्सीय टोली घोषणा गरेको हो ।

यु–१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा साबिक विजेता बंगलादेशसँगै श्रीलंका र अफगानिस्तान छ। अर्को समूहमा भारत, पाकिस्तान, आयोजक युएई र जापान छन् ।

नेपालले नोभेम्बर २९ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपाली टाेली-

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार ।

Skip This
Skip This
Logo