धनगढी
सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करण माघ २६ देखि सुरु हुँदैछ ।
प्रतियोगिताका लागि तयारी सजावट बाहेक सबै काम पुरा भएको छ । प्रतियोगिताको पुरस्कार यस संस्करणमा २० प्रतिशतले बढाएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ट्रफीसहित ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुनेले दुई लाख पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्ड स्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ । हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको हो ।































प्रतिक्रिया