आइसीसी वरियतामा नेपालको छलाङ्, को खेलाडी कहाँ ?

आइसीसी वरियतामा नेपालको छलाङ्, को खेलाडी कहाँ ?

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको बरियतामा नयाँ किर्तिमान रचेको छ  ।  बिश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्बजनिक गरेको बरियतामा नेपालले फड्को मारेको हो  ।

यस अघि बरियतामै नरहेको नेपाल शृंखला जितेपछि १४ औ स्थानमा पुगेको छ  ।  नेपालको हाल ३०३ रेटिंग रहेको छ  ।  नेपालले ४ देशलाई पछाडी पार्दै बरियतामा छलांग मारेको हो  ।  नेपालले युएई, हंगकंग , ओमान र आयरल्याण्डलाई पछाडी पारेको हो  ।  बरियताको शिर्ष स्थानमा पाकिस्तान तथा दोस्रोमा भारत रहेको छ ।

यूएई, हङकङ, ओमान रआयरल्यान्ड नेपाल भन्दा पछि छन् । एसोसिएट राष्ट्रका स्कटल्यान्ड ११ र नेदरल्यान्ड १३ औं स्थानमा छन् । सन् २०१४ मा टी–२० विश्वकपमा भाग लिएको नेपाली टोलीले सन् २०१८ को जुन महिनामा टी–२० को अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

सन् २०१५ मा टी–२० विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै समुह चरणबाट बाहिरिएपछि नेपालले टी–२० को मान्यता गुमाएको थियो । गत मार्च १५ मा चार वर्षका लागि एक दिवसीय मान्यता पाएसंगै नेपालले पुनः टी–२० को मान्यता प्राप्त गरेको थियो ।

एक दिवसीयमा भने नेपाल १५ औं स्थानमा छ । एसोसिएट राष्ट्रबाट आयरल्याण्ड, स्कटल्याण्ड र युएई नेपालभन्दा अगाडि छन् । एक दिवसीयमा इंगल्याण्ड पहिलो, भारत दोस्रो र दक्षिण अफ्रिका तेस्रोमा छन् ।

आइसीसी वरियतामा नेपालबाट एक दिवसीयमा कोही पनि एक सय भित्र पर्न सकेका छैनन् । त्यसैगरी बलिङतर्फ पनि एक दिवसीयमा कुनै नेपाली खेलाडी एक सय भित्र छैनन् । अलराउन्डरमा पनि छैनन् ।

तर टी–२० मा भने नेपाली खेलाडीले त्यो सौभाग्य प्राप्त गरेका छन् । व्याटिङमा कप्तान पारस खड्का ९६ औं स्थानमा छन् । बलिङतर्फ बसन्त रेग्मी ७४ औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी ९३ औं स्थानमा छन् । अलराउन्डरतर्फ पारस खड्का ४२ औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी ६४ औं स्थानमा छन् ।

टि २० शृंखला १-१ को बराबरीमा रहेको अवस्थामा नेपलाले तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै शृंखला कब्जा गरेको हो ।

सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ । पुन: मान्यता पाएपछि नेपाल पहिलो पटक बरियतामा परेको हो  ।

Logo