काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा टोटनहामले म्यानचेस्टर सिटीलाई ४–० को गोल अन्तरले पराजित गरेको छ ।
टोटनहामका लागि जेम्स माडिसनले १३औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै २०औँ मिनेटमा अर्को गोल गर्दै उनले अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २–० ले अग्रता लिएको टोटनहामले दोस्रो हाफमा पुनः २ गोल गरेको थियो । खेलको ५२औँ मिनेटमा पेड्रो पोरो र इन्जुरी समयमा ब्रेनान जोनसनले गोल गरेसँगै टोटनहाम ४–० ले विजयी भएको हो ।































प्रतिक्रिया