एनपीएलको प्रत्यक्ष प्रसारण सम्झौताबारे क्यानलाई विज्ञापन बोर्डले सोध्यो स्पष्टीकरण

एनपीएलको प्रत्यक्ष प्रसारण सम्झौताबारे क्यानलाई विज्ञापन बोर्डले सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) सँग स्पष्टीकरण माग गरेको छ ।

क्लीन फिड सम्बन्धी कानून उल्लंघन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गराउन लागिएकोमा सरोकारवालाहरूले आपत्ति जनाएपछि बोर्डले सात दिनभित्र जवाफ मागेको हो । बोर्डले मंसिर ७ गते क्यानलाई पत्र लेख्दै जवाफ मागेको छ ।

सञ्चार क्षेत्रका तीन संस्था (नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स) ले सम्झौता अवैधानिक भन्दै गत मंगलबार संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानुनी प्रावधान छ ।

एनपीएलका खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत् स्टार स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्दा कानुनी प्रावधान बमोजिम गरिएको छ वा छैन भनेर स्पष्टीकरण सोधेको हो ।

Skip This
Skip This
Logo