सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ। सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ। गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो।

गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ। सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठुलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए।

सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ। तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए। अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान ३/३ प्रतियोगिता हुने भनिएको छ। यसैगरी पोखरा र धरानमा एक/एक प्रतियोगिता क्यालेन्डरमा उल्लेख छ।

गल्फ टुरको नियमित आयोजनाले प्रोफेसनल गल्फरहरूसँगै एमेच्योर गल्फरहरूलाई पनि सहयोग पुगेको ठम्याई महासचिव आचार्यको छ। उनका अनुसार यही टुरमा निरन्तर सहभागीताले एमेच्योर खेलाडीहरूबाट अन्तराष्ट्रिय स्तरमा नतिजा आउन सुरू गरेको छ। आठ मध्ये सात प्रतियोगिता स्ट्रोक प्ले फर्मयाटमा हुनेछ। भने म्याच प्लेको फर्मयाट फरक हुनेछ। जहँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन। नगद पुरस्कार राशीको आधारमा सबैभन्दा ठुलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ। जसको कुल पुरस्कार १६ लाख १९ हजार रहनेछ।

सूर्य नेपाल गल्फ टुर २०२४/२५ मा हुने प्रतियोगिताहरू

१.सूर्य नेपाल सेन्ट्रल ओपन, गोकर्ण, ८ लाख ८२ हजार
२.सूर्य नेपाल काठमाडौं ओपन, आरएनजिसी ७ लाख ३५ हजार
३.सूर्य नेपाल इस्टर्न ओपन, धरान, ८ लाख ८२ हजार
४.सूर्य नेपाल वेस्टर्न ओपन,पोखरा, ८ लाख ८२ हजार
५.सूर्य नेपाल च्यालेन्ज, आरएनजिसी, ६ लाख
६.सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप, गोकर्ण, ८ लाख ८२ हजार ७.सूर्य नेपाल एनपिजिए म्याच प्ले, आरएनजिसी, २ लाख ५० हजार ८.सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, गोकर्ण, १६ लाख १९ हजार ।

पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि गोकर्ण गल्फ क्लबमा हुँदैछ । चार दिन सम्म चल्ने प्रतियोगितामा ३ ४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलपछि कट हुनेछ। प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन एमेच्योर खेलाडी सदभाव आचार्य हुन् ।

Skip This
Skip This
Logo