चोटग्रस्त नेइमार आमाको काखमा

चोटग्रस्त नेइमार आमाको काखमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्टार स्ट्राइकर नेइमार अहिले गोडामा लागेको चोटका कारण आराम गरिरहेका छन् । फ्रेन्च कप अन्तर्गत गएको जनवरीमा भएको खेलको क्रममा उनी चोटग्रस्त भएका उनी १० हप्ताका लागि मैदान बाहिर छन् ।

आराम गरिरहेका नेइमार परिवारसँग समय बिताइरहेका छन् । उनले गोडाको चोटबाट फिट हुन कडा परिश्रम गरिरहेका छन् । यस्तै नेइमार आमा नादिया सान्तोस तथा परिवारका अरु सदस्यसँग समय बिताइरहेका छन् ।

नेइमारले आफ्नो ट्वीटरमा आमासँगको तस्बिर पोष्ट गरे । उनी आमाको काखमा रहेको तस्बिरमा देखिन्छ । नेइमारले तस्बिरको क्याप्सन लेखेका छन्, ‘जति समय बितोस्, आमाको काख भनेको जहिले उस्तै रहन्छ ।’ उनले आमाको काख जहिले प्रिय हुने संकेत गरेका छन् ।

नेइमार आमा नादियाको काखमा सुकुनमा देखिएका छन् । चोटग्रस्त नेइमारले पिएसजीबाट च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ मा म्यानचेस्टर युनाइटेडसँगका दुवै लेग गुमाउने छन् ।

Logo