चितवन राइनोजले प्रतियोगिताभर चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस संचालन गर्ने

चितवन राइनोजले प्रतियोगिताभर चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस संचालन गर्ने

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्लब चितवन राइनोजले प्रतियोगिताभर चितवनदेखि काठमाडौंसम्म निः शुल्क बस संचालन गर्ने भएको छ ।

आफ्नो खेल भएको दिन चितवनबाट खेल हेर्न जान चाहनेलाई सहज होस् भनी राइनोजले पाँच वटा बसको व्यवस्था गरेको हो । बस चितवनको खेल हुने दिन बिहान ३ बजे छुट्नेछ । बसमा यात्रा गर्नेलाई खाजाको पनि व्यवस्था गरिएको चितवन राइनोजले जनाएको छ ।

Logo