‘टि-२० सिरिज’ को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित

‘टि-२० सिरिज’ को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पहिलो टि २० क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा नेपाल २१ रनले पराजित भएको हो । टस जितेर नेपालले यूएईलाई ब्याटिङको म्तिो दिएको थियो ।

२० ओभरमा ६ विकेटको क्षतीमा यूएईले १५३ रन बनाएको थियो । १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पुरै २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि सर्वाधिक सन्दीप जोराले ५३ रन बनाउँदैं अर्धसतक प्रहार गरे । अरु ब्याट्सम्यान खासै टिक्न सकेनन् ।

सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदीप ऐरी शून्य रनमा आउट भए ।

नेपालका लागि सातौं विकेटको लागि सोमपाल कामी र सन्दीप जोराले ३९ रनको साझेदारी गर्दै इनिङ उकास्ने कोशिस गरेका थिए । तर सोमपाल आउट भएसँगै नेपाल खेल यूएईतर्फ मोडिएको थियो ।

यूएईका लागि कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहोर खानले समान २–२ विकेट लिए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे । नेपालले दोस्रो खेल भोलि शुक्रबार यूएईसँग खेल्दैछ ।

नेपालले एक दिवसीय सिरिज २–१ ले जितेको थियो । पहिलो खेलमा पराजित भएपनि अबका दुई खेलमा जित निकाल्न सकेमा नेपाल टि २० को सिरिज पनि बिजेता बन्न सक्छ ।

एक दिवसीय सिरीजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो ।

तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य पछ्याउँदैं नेपाल ४ विकेटले विजयी भएको थियो । गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

Skip This
Skip This
Logo