टी ट्वान्टी: तीन खेलाडीको डेब्यू, दोस्रो ओभरमै विकेट

टी ट्वान्टी: तीन खेलाडीको डेब्यू, दोस्रो ओभरमै विकेट

केन्द्रबिन्दु
0
Shares

दुबईस्थित आईसीसी ग्लोबल एकेडेमीमा जारी टी ट्वान्टी प्रतियोगितामा नेपालका लागि सन्दिप लामिछानेले दोस्रो ओभरमै विकेट लिएका छन्। दोस्रो ओभरको पहिलो बलमा सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा आउट बनाए।

युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पहिलो सफलता हात पारेको हो ।  युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हो।

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट तीन जना खेलाडीले आज  अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यू गर्दैछन्। रोहित कुमार पौडेल, सन्दीप जोरा र अभिनाश बोहोराले टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गर्न लागेका हुन्।

पछिल्लो एक वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका मध्य क्रमका ब्याट्मेन रोहित पौडेलका लागि आजको खेल टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि पहिलो हुनेछ।यस्तै तिब्र गतिका बलर अभिनाशको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हुनेछ। पछिल्लो समय घरेलु फ्रेन्चाइज टी-२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अभिनासले आजै राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टी ट्वान्टीको डेब्यू क्याप लगाउनेछन्। यू-१९ उमेर समुहको राष्ट्रिय टोलीबाट खेलिसकेका सन्दीप जोराले यसअघि यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमै डेब्यू गरेका थिए।

आजको खेलमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, रोहित पौडेल, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी र अभिनाश बोहोराले खेल्ने छन् ।

Skip This
Skip This
Logo