काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न नेपाल आएका विश्व क्रिकेटकै चर्चित भारतीय खेलाडी शिखर धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
शिखर धवन आबद्ध एनपीएलको फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपतिको दर्शन गरेको हो । टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायातसहित टोली नै पशुपति आइतबार बिहान पशुपति पुगेका हुन् । सो समयमा उनीहरुका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
नेपाल आउनुअगावै धवनले पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने र एभरेष्ट बेस क्याम्प जाने कार्यक्रमबारे क्लबसँग सम्झौता गरेका थिए । शनिबारदेखि सुरु भएको एनपीएलमा कर्णालीले भोलि सोमबार आफ्नो पहिलो खेल खेल्दैछ । कर्णाली याक्सले भोलि दिउँसो १ बजेदेखि जनकपुर बोल्टस्सँग भिड्दैछ ।
शनिबारको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्समाथि ८ विकेटको सानदार जित दर्ता गरेको थियो । जनकपुरको त्यो लयलाई रोक्नु कर्णाली याक्सलाई चुनौती छ । किनकी शिखर धवनको अनुबन्धले कर्णाली याक्समा धेरैको नजर परेको छ । उपाधि दावेदारका रुपमा हेरिएको छ।





























प्रतिक्रिया