शिखर धवनले गरे पशुपतिनाथ मन्दिरको दर्शन

शिखर धवनले गरे पशुपतिनाथ मन्दिरको दर्शन

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिरको दर्शन गरेका हुन् ।

एनपीएल खेल्न शिखर शुक्रबार साँझ मात्रै काठमाडौँ आइपुगेका थिए । धवनले कर्णाली याक्सबाट एनपीएलका चार खेल खेल्नेछन् । कर्णालीले धवनलाई महँगो मूल्यमा एनपीएलका लागि टिममा अनुबन्ध गरेको छ ।

Logo