सुदूरपश्चिम रोयल्सको बेभरेज पार्टनरमा रिफ्रेस जुस

सुदूरपश्चिम रोयल्सको बेभरेज पार्टनरमा रिफ्रेस जुस

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । रिफ्रेस जुस र सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच प्रायोजन सम्झौता भएको छ ।

काठमाडौँमा एक कार्यक्रममाझ रिफ्रेस जुस र सुदूरपश्चिम रोयल्सबीच बेभरेज पार्टनरका लागि सम्झौता भएको हो । रिफ्रेस जुसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुइ जोंगलिन र सुदूरपश्चिम रोयल्सका तर्फबाट सिइओ प्रकाश खड्काले हस्ताक्षर गरेका हुन् ।

रिफ्रेस जुसका सिइओ जोंगलिनले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘रिफ्रेस जुसले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । हामीले खेलकुदलाई अझ उचाइमा लैजान आफ्नो दायित्व बुझेर यो सम्झौता गरेका हौँ । यो सहकार्यका लागि उत्साहित छौँ ।’

सिइओ खड्काले एनपिएल यात्रामा सहकार्य गर्ने उद्देश्यले रिफ्रेस जुस जोडिएकोमा रिफ्रेस जुसलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रो उपाधि जित्ने लक्ष्यमा रिफ्रेस जुसको साथले थप बल पुगेको महसुस हामीले गरेका छौँ । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौँ ।’

सुदूरपश्चिम रोयल्सले यसअघि मुख्य प्रायोजकको भूमिकामा ग्लोबल आईएमई बैंकसँग सम्झैता गरेको थियो । यसबाहेक एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

सुदूरपश्चिमको टिममा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनाष बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) छन् ।

Skip This
Skip This
Logo