मैदानमै अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचारः चार जना पक्राउ, क्यान किन छ मौन ? [भिडियोसहित]

मैदानमै अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचारः चार जना पक्राउ, क्यान किन छ मौन ? [भिडियोसहित]

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । नेपाली क्रिकेटप्रेमीको मनमनमा बस्न सफल नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेञ्जाइज क्लब सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सले अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरेको आरोप लागेको छ ।

मंगलबार सम्पन्न विराटनगर किंस र सुदूरपश्चिम रोयल्सको खेल दौरान सुदूरपश्चिमको जर्सी पछाडि नेपालमा अवैध रहेको अनलाइन जुवाको प्लेटफर्म ‘बाबु ८८ स्पोर्ट’ को प्रचार भइरहेको पाइएको हो।

‘बाबु ८८’ सँगको प्रायोजन सम्झौताबारे सुदूरपश्चिम रोयल्सले आधिकारिक रूपमा कतै खुलाएको छैन । अर्कोतर्फ ‘बाबु ८८’ ले लुम्बिनी लायन्सलाई पनि आफ्नो आधिकारिका स्पोन्सका रुपमा साइटमा राखेको छ ।

बुधबार विराटनगरसँग लुम्बिनी लायन्सको दिउँसो सवा एक बजे खेल रहेको छ । उक्त खेलमा लुम्बिनी लायन्सले पनि सुदूरपश्चिम रोयल्सले जस्तै जर्सी पछाडी ‘बाबु ८८ स्पोर्ट’ लेखिएको टिसर्ट लगाउने सम्भावना उच्च देखिन्छ ।

‘बाबु ८८ स्पोर्ट्स’ पूर्ण रूपमा बेटिङ साइट हो । यो वेबसाइट हेर्दा बङ्गलादेशबाट सञ्चालित भएको देखिन्छ। तर, यसमा नेपाली र भारतीय भाषाका अतिरिक्त भुक्तानीको विकल्पका रुपमा कनेक्ट आईपीएस, खल्ती, ई–सेवा आदिको लोगो राखिएको छ ।

यो प्लेटफर्म प्रयोगकर्ताले विभिन्न बैंक खातामा रकम जम्मा गर्न सकिने पनि देखिन्छ । फुटरको अन्तिममा ‘बाबु ८८’ नेपालको प्रिमियर अनलाइन क्यासिनो हो भनिएको छ । यतिसम्म कि यसले नेपालमा उत्कृष्ट बेटिङको अनुभव दिने पनि साइटमा उल्लेख गरिएको छ ।

https://youtu.be/HxT9rnqAEeQ?si=u7yFnzpu1f_vOD48

Skip This
Skip This
Logo