जीतमा ह्याट्रिक गर्ने दाउमा जनकपुर, रोक्ला त पोखराले ? [भिडियोसहित]

जीतमा ह्याट्रिक गर्ने दाउमा जनकपुर, रोक्ला त पोखराले ? [भिडियोसहित]

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन् ।

जारी प्रतियोगितामा जनकपुर बोल्ड्सले अहिलेसम्म खेलेको दुबै खेलमा जीत निकालेको छ भने पोखरा एभेन्जर्सले खेलेको पहिलो खेलमै हार बेहोरेको छ । मंगलबार सम्पन्न खेलमा पोखरा एभेन्जर्समाथि चितवन राइनोजले ८७ रनको जीत निकालेको हो ।

ओपनर कुशल भुर्तेलको पोखरा एभेन्जर्सले प्रतियोगिताको सुरुआत हारबाट गरे तापनि बिहीबारको खेलमा जनकपुरलाई स्तब्ध बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । पहिलो एनपिएलको उपाधि जित्ने दाउमा रहेको पोखरामा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री जस्ता युवा स्टारहरूको बाहुल्यता रहेको छ । यसैगरी टोलीमा विदेशी खेलाडीहरुमा अमेरिका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र स्कटल्यान्डका माइकल लिस्क पनि रहेका छन् ।

अर्कोतर्फ प्रतियोगितामा दुई जीत निकाली सकेको मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टिम जनकपुर बोल्ट्सले हारको सामना गर्नुपरेको छैन । जनकपुरले आफ्नो विरुद्धमा आएका विराटनगर किंग र कर्णाली याक्सलाई समान ८ विकेटले पराजित गर्दै आफ्नो शक्ति देखाइसकेको छ ।

राष्ट्रिय स्टारले भरिएको जनकपुर कागजी रुपमा मात्रै नभएर मैदानमा पनि उत्तिकै बलियो रहेको उदाहरण अघिल्ला दुई खेलमा देखाइसकेको छ । टिमको मार्की खेलाडी आसिफ शेख र कप्तान अनिल शाह दुबै निकै लयमा छन् । अर्कोतर्फ स्पिनर ललित राजवंशी पनि उत्तिकै लयमा बलिङ गरिरहेका छन् । राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले जनकपुरको टोलीलाई निकै संयमित र बलियो बनाएका छन् ।

Skip This
Skip This
Logo