सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गुर्खाजकाे कमजोर ब्याटिङ

सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गुर्खाजकाे कमजोर ब्याटिङ

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सिवरुद्ध काठमाडौं गुर्खाजले कमजोर ब्याटिङ गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १३ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८२ रन जोडेको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए । ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् ।

यस्तै विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त दश रन पायो ।

काठमाडौंका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीले एक÷एक विकेट हात पारे ।

Skip This
Skip This
Logo