नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् ।
यूएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारसले शतक पूरा गरेका हुन् । उनले ९६ बलमा १ छक्का र १३ चौका प्रहार गरे।
युएइले नेपाललाई २५५ रनको चुनौती दिएको थियो ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो।
यसअघिको दोस्रो खेलमा नेपाल विजयी भएको थियो भने पहिलो खेलमा पराजित भएको थियो ।





























प्रतिक्रिया