कर्णाली याक्सका देव खनालले हाने अर्धशतक, चुटिए सन्दीप

कर्णाली याक्सका देव खनालले हाने अर्धशतक, चुटिए सन्दीप

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । कर्णाली याक्सका ओपनर देव खनालले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि उनले ४१ बलमा ४ चौका र २ छक्काको मदतमा अर्धशतक बनाएका हुन् ।

हाल १४ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा कर्णालीले ९८ रन बनाइसकेको छ । खराव सुरुवात गरेको कर्णालीका लागि खनाल र बोसिस्टोले राम्रो साझेदारी गरिरहेका छन् । दोस्रो ओभरको तेस्रो बलमा ओपनर शिखर धवन नै ५ रनमा आउट भए । उनले ५ बलमा एक मात्र चौका प्रहार गर्दा प्रतिश जिसीले आउट गराएका हुन् । त्यसपछि आएका चाडविक वाल्टनलाई क्रिस सोलले एक रनमै आउट गरे ।

यो बीचमा विराटनगरका कप्तान सन्दीप लामिछानेले एक विकेट पनि लिन सकेका छैनन् र ३ ओभरमा ३१ रन खर्चिसकेका छन् ।

जारी एनपिएलमा कर्णाली याक्स र विराटनगर किङ्गसले समान ३ खेल खेलेका छन् जसमा दुवै टोलीले दुईवटामा पराजित हुँदा एक खेल भने जितेका छन् ।

Logo