काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्ससमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन जोडेको हो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । सो क्रममा उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
यसैगरी ओपनर देव खनालले पनि ४८ बलमा ४ चौका र २ छक्काको मदतमा ५३ रनको अर्धशतकीय इनिङको योगदान गरे । त्यसअघि खेलको दोस्रो ओभरको तेस्रो बलमा ओपनर शिखर धवन नै ५ रनमा आउट भए । उनले ५ बलमा एक मात्र चौका प्रहार गर्दा प्रतिश जिसीले आउट गराएका हुन् । त्यसपछि आएका चाडविक वाल्टनलाई क्रिस सोलले एक रनमै आउट गरे ।
यसरी खराव सुरुवात गरेको कर्णालीका लागि खनाल र बोसिस्टोले राम्रो साझेदारी गरेका हुन् । जब विलियम र देव आउट भए फेरि कर्णालीको विकेट रहेन । बाँकी कुनै खेलाडीले दोहोरो रन छुन सकेनन् । कर्णालीले पछिल्लो सात बलमा ५ विकेट गुमाएको थियो ।
विराटनगरका लागि अन्तिम ओभरमा प्रतिस जिशीले ४ विकेट लिए, कुनै रन खर्चिएनन् ।





























प्रतिक्रिया