आज नेपाल र युएइबीच निर्णायक भिडन्त

आज नेपाल र युएइबीच निर्णायक भिडन्त

केन्द्रबिन्दु
0
Shares

आज नेपाल र युएइबीच निर्णायक खेल हुदैछ।   दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत आज नेपाल र युएइबीच तेश्रो खेल हुन् लागेको हो।

खेल विहान सवा ११ बजेदेखि शुरू हुनेछ  ।आजको खेलको विजेताले एक दिवसीय सिरिजको उपाधि जित्नेछ। नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ ।

नेपालले पहिलो खेलमा ब्याटिङ गर्नै सकेन ।  ५० ओभरको खेलमा जम्मा ३३ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाउन सक्यो । लक्ष्य सानो हुँदा ३ विकेटको पराजय ब्यहोर्न बाध्य भयो । दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले हराएको थियो। जसमा सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। सोमपाल नेपालको लागि ओडिआईमा एकै खेलमा ५ विकेट लिने पहिलो  खेलाडी समेत बने।

युवा खेलाडी रोहित कुमार पौडेलले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले सम्मानजनक स्कोर बनाएको थियो। युएई विरुद्ध ५८ बलमा ५५ रन बनाएका रोहित सबैभन्दा कम उमेरमा ओडिआईमा अर्धशतक प्रहार गर्ने खेलाडी बने।

आईसीसीले नेपाललाई ४ वर्षका लागि मान्यता दिएपछि अहिले नेपालले  दोस्रो सिरिज खेलिरहेको छ ।

Logo