काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेका क्रिकेटर रोहितकुमार पौडेललाई बधाई दिएका छन्।
नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगिता अन्र्तगत शनिवारको खेलमा पौडेलले ५८ बलमा ५५ रन बनाउँदै विश्व कीर्तिमान गरेका थिए ।१६ वर्ष १४६ दिनको उमेरमा रोहितले ५५ रन बनाएर विश्व कीर्तिमान बनाएका हुन्।
प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई हर्षित बनाएको बताएका छन्। ट्विटरमा बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई१ अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।’
रोहितले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गरेका थिए। यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रेकर्ड कायम थियो।
अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए। यस्तै टेस्टतर्फ भारतका सचिन तेन्दुलकरको नाममा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।
— KP Sharma Oli (@PM_Nepal) January 27, 2019































प्रतिक्रिया