लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमै अलआउट

लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमै अलआउट

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाज सस्तैमा अलआउट भएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको हो ।

काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए ।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेक गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।

Logo