छोरीसहित काठमाडौँ आइपुगे ब्रायन लारा, एनपीएलका खेलहरू हेर्दै पाँच ओभरको कमेन्ट्री समेत गर्ने

छोरीसहित काठमाडौँ आइपुगे ब्रायन लारा, एनपीएलका खेलहरू हेर्दै पाँच ओभरको कमेन्ट्री समेत गर्ने

केन्द्रबिन्दु
189
Shares

काठमाडौँ । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा आज नेपाल आइपुगेका छन् । लारा बिहान साढे आठ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।

आफ्नी छोरीसहित नेपाल आएका उनी केहीबेरअघि मात्र अध्यागमन सकेर बाहिर निस्किएका छन्।

ब्रायन र उनकी छोरीको स्वागतका लागि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू विमानस्थलमा पुगेका थिए ।

लाराले यसअघि आफू भारत आएको भए पनि नेपाल अहिलेसम्म नआएको र पहिलो पटक आउन पाउँदा खुसी लागेको बताएका छन् ।

लाराले नेपालमा रहँदा त्रिवि मैदानमा गएर नेपाल प्रिमियर लिग (एनपीएल)का केही खेलहरू हेर्दै पाँच ओभरको कमेन्ट्री समेत गर्ने क्यानले जनाएको छ।

संसारभर चर्चित दिग्गज क्रिकेटर लाराले सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका छन् । उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।

सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

Logo