पोखराले काठमाडौँलाई दियो १३९ रनको लक्ष्य

पोखराले काठमाडौँलाई दियो १३९ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको काठमाडौँले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।

पोखराका लागि रेमन्ड रेइफरले नटआउट ४१ रन बनाए । पोखराका ओपनर दिनेश खरेलले ३८ रन जोडे । आन्द्रेस गौस भने शून्यमा आउट भए ।

कप्तान कुशल भुर्तेल ७ रन र दिलीप नाथ २७ रन जोडेर आउट भए । बलिङमा काठमाडौँका रशिद खान र करण केसीले ३–३ विकेट लिए ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौँ र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ । एनपीएल तालिकामा पोखरा र काठमाडौँको समान चार–चार अंक छ । आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ।

Logo