काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले कमजोर ब्याटिङ गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले सुरुवातमै ३ विकेट गुमाइसकेको हो । पहिलो ६ ओभरको खेल सकिँदा जनकपुरले ३ विकेटको क्षतिमा ४० रन जोडेको छ । आशा गरिएका कप्तान अनिल शाह, लाहिरु मिलान्था र हर्ष ठाकर सस्तैमा आउट भएका छन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।
उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक/एक विकेट लिए ।





























प्रतिक्रिया