सामान्य विजयी लक्ष्य पछ्याएको सूदुरपश्चिमले ३० रनमै गुमायो ३ विकेट

सामान्य विजयी लक्ष्य पछ्याएको सूदुरपश्चिमले ३० रनमै गुमायो ३ विकेट

केन्द्रबिन्दु
24
Shares

नेपाल प्रिमियर लिगअन्तर्गत समूहचरणको अन्तिम खेलमा १०२ रनको सामान्य विजयी लक्ष्यका साथ मैदान उत्रिएको सूदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

टस जित्दै पहिले बलिङ रोजेको सूदुरपश्चिमले कर्णालीलाई १०१ रनमै रोकेको थियो । कर्णालीका लागि सोमपाल कामी र विपिन शर्माले १–१ विकेट लिएका हुन् । अर्कोतर्फ पहलाे इनिङमा प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन्। टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।

Logo