एसिया कपमा पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

एसिया कपमा पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि एक सय पाँच रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए ।

Skip This
Skip This
Logo