एनपीएल: भोलि इलिमिनेटरमा कर्णाली र चितवन, क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै

एनपीएल: भोलि इलिमिनेटरमा कर्णाली र चितवन, क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै

केन्द्रबिन्दु
78
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन ।

बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ।

अंक तालिकाअनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ । समान आठ अंक भए पनि काठमाडौँ गुर्खाज भने रन रेटका आधारमा प्लेअफबाट बाहिरीसकेको छ।

त्यस्तै, बुधबारको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ। सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । जनकपुर १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।

Skip This
Skip This
Logo