पावर प्लेमा सुदूरपश्चिमको राम्रो सुरुवात, जनकपुरका ललित र हर्षले लिए मेडन

पावर प्लेमा सुदूरपश्चिमको राम्रो सुरुवात, जनकपुरका ललित र हर्षले लिए मेडन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावर प्लेमा राम्रो सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ओभरमा विना विकेट ४८ रन बनाएको छ । क्रिजमा ओपनर विनोद भण्डारी र शेफ जैब रहेका छन् । यसमा हर्ष ठाकर र ललित राजवंशीले विकेट लिन नसकेपनि एकएक मेडन ओभर भने लिएका छन् ।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

Logo