सुदूरपश्चिमविरुद्ध जनकपुरका मिलान्थाले हाने अर्धशतक

सुदूरपश्चिमविरुद्ध जनकपुरका मिलान्थाले हाने अर्धशतक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका उनले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् । हाल जनकपुरले ९ ओभरमा ९१ रन बनाएको छ ।

सानदार सुरुवातका बीच यसअघि पहिलो विकेटका रुपमा कप्तान आशिफ शेख आउट भएका थिए । जनकपुरले पावर प्लेमै विनाविकेटको क्षतिमा ७१ रन जोडेको थियो, तर त्यसपछि कप्तान आशिफ ३३ रनमा आउट भएका हुन् । उनी शेफ जैवको बलमा आउट भएका हुन् ।

Skip This
Skip This
Logo